
एनआईसी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुई जना खातावालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धाराका ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।
उनकी पत्नी रुकमती श्रेष्ठलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
साथै यस बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुरका रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमाबापत १० लाख बीमा रकम भुक्तानी गरिएकोे छ ।
उनलाई पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकको यस सुविधाबाट घरको मुख्य मान्छे नै गुमाएका परिवारजनले ठूलो लाभ प्राप्त गर्ने विनिता सुवेदीले विश्वास गरेकी छन् ।
दुवै लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । यस बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकहरूले बीमाबापतको ३ करोड ५८ लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।
बैंकले मुलुकभर ३५६ शाखा कार्यालयहरू, ४७२ एटीएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।