२३ जेठ २०८३, शनिबार

पहिरोेमा परेर १ जनाको मृत्यु, राजमार्ग अवरुद्ध

भदौ ९, २०७८
पहिरोेमा परेर १ जनाको मृत्यु, राजमार्ग अवरुद्ध
प्रतिकात्मक तस्वीर

कर्णाली राजमार्गको कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी १ जनाको मृत्यु भएको छ । 

बुधवार बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोेमा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्गमाथिबाट आएको ढुंगाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

वर्षातका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको २ ठाउँमा पहिरोे गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालीकोटका प्रहरी प्रमुख शाहले बताए ।

‘बिहान दैलेख र कालीकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरो खसेको छ,’ उनले भने, ‘पहिरोका कारण यातायातका साधन बीचबाटोमै रोकिएका छन् ।’

अहिले पहिरोे पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्