१६ असार २०८३, मंगलबार

नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकम घट्यो

भदौ ९, २०७८
नेप्सेमा ४८ अंकको गिरावट, कारोबार रकम घट्यो
प्रतिकात्मक तस्वीर

मंगलवारजस्तै धितोपत्र बजारमा बुधवार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अंकले घटेर ३ हजार ७६.४४ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ विन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकम समेत बुधवार खुम्चिएको छ ।

कूल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ मूल्यमा खरिद बिक्री भए । बुधवारको कारोबारपछि बजार पूँजीकरण समेत ओरालो लागेको छ ।

नेप्सेका अनुसार कूल ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार रुपैयाँ बराबर पुगेको छ ।
 
नेप्सेका अनुसार बुधवार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २९.४७, व्यापार ४१.१९, होटल तथा पर्यटन ५१.३१, विकास बैंक १६५.५९, जलविद्युत् १३.४, वित्त २१.२९, निर्जीवन बीमा ४२२.५३, उत्पादन १६२.६५, अन्य ३२.७२, लघुवित्त ५७.१, जीवन बीमा ३५४.७४, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२२ विन्दुले ओरालो लागेका छन् ।

कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४८ करोड ७१ लाख ५ हजार ३४६ रुपैयाँ बराबरको कारोबार भयो । रिडी हाइड्रोपावर ४८ करोड ७० लाख ६५ हजार २१८, अरुण भ्याली हाइड्रोपावर ४६ करोड ७१ लाख ११ हजार ३०७, नेसनल हाइड्रोपावर ३६ करोड २८ लाख १० हजार ४४१ र आईसीएफसी फाइनान्स ३५ करोड ९७ लाख ८० हजार २३२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । माउण्टेन इनर्जी नेपाल ७.६९, दिव्यश्वरी हाइड्रोपावर ३.२६ र साधना लघुवित्तका लगानीकर्ताले २.७१ प्रतिशतले कमाए ।

खानीखोला हाइड्रोपावर ९.९८, जानकारी फाइनान्स ६.०६, जनरल इन्स्योरेन्स कम्पनी ५.६९, नेपाल फाइनान्स ५.५६ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.५५ प्रतिशतले गुमाए ।

salt training

कमेन्ट गर्नुहोस्