१६ असार २०८३, मंगलबार

नेकपा एकीकृत समाजवादीको अपिल : ‘कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरौं’

नेकपा एकीकृत समाजवादीको अपिल : ‘कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरौं’
फाइल फोटो

निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने अभियानमा लाग्न सबैलाई अपिल गरेको छ ।

फेसबूक पेजमार्फत अपिल जारी गर्दै पार्टीले बुधवार निर्वाचन आयोगमा सनाखतको काम भएको जनाएको छ ।

पार्टीको पेजमा लेखिएको छ, ‘हार्दिक अपिल ! कम्युनिस्ट आन्दोलनलाई बदनाम एवं समाप्त पार्ने एवं सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले) को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न हामीले २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएका थियौं । आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले) को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भयौं । अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद शतिसाल जस्तै उभिदै बिद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । अब यो विद्रोहलाई सिर्जनामा परिवर्तन गरी नेपाली जनताको आकांक्षा अनुसार नेपाली कम्युनिस्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एवम् मुलुक र जनताको समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने यस ऐतिहासिक अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक अपिल गर्दछौं ।’

salt training

कमेन्ट गर्नुहोस्