२७ जेठ २०८३, बुधबार

जब अमेजन बक्स लिएर भाग्यो भालु... (भिडियो)

भदौ १०, २०७८
जब अमेजन बक्स लिएर भाग्यो भालु... (भिडियो)

एक महिलाको अमेजन बक्स लिएर भालु भागेको भिडियो सार्वजनिक भएको छ । 

अहिले यो भिडियो भाइरल समेत भइरहेको छ । 

घटना अमेरिकाको ब्रिस्टलको हो । 

त्यहाँ एक महिलाले आफ्नो घरको ठेगानामा अनलाइन सपिङ एप अमेजनमा केही अर्डर गरेकी थिइन् । 

डेलिभरी गर्ने मानिसले सो अर्डर बक्स घरको बाहिर नै डेलिभरी गरिदिएको थियो । 

त्यसै समय एक भालु आयो र त्यो अर्डर बक्स उठाएर लिएर गयो ।

ब्रिस्टलमा बस्ने महिला क्रिस्टिन लेविनले आफ्नो अर्डर लिन बाहिर आउँदा त्यो अर्डर भेटिएन । त्यसपछि उनले अर्डर बक्स कसैले चोरी गरेको अनुमान लगाइन् र सिसीटीभी फूटेज हेरिन् । 

त्यसपछि उनी छक्क परिन्, त्यो अर्डर भालुले लिएर गएको रहेछ ।  
 

salt training

कमेन्ट गर्नुहोस्