२४ जेठ २०८३, आइतबार

रेशम चौधरी आयोग गएनन्

भदौ १०, २०७८
रेशम चौधरी आयोग गएनन्

लोसपाको हस्ताक्षर सनाखतमा रेशमलाल चौधरीको भने सनाखत भएको छैन । उनको नाम र हस्ताक्षर प्रस्तावित दलका पक्षमा नभएकाले उनी आयोगमा सनाखतका लागि नगएका हुन् । ‘रेशमलाल चौधरीको हस्ताक्षर सनाखत भएन, उहाँको नाम प्रस्तावित दलमा थिएन,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ।

ठाकुर समूहले पहिले प्रस्ताव गरेको दलको नाममा भने चौधरीको हस्ताक्षर थियो । तर पछि दलको नाम फेरेर बुझाउँदा भने चौधरीको नाम र हस्ताक्षर दुवै नरहेको पाइएको आयोगले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्