
बुधवारमात्रै नयाँ दलको मान्यता पाएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय बबरमहलमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको अवको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।