१० साउन २०८३, आइतबार
एमाले विभाजनको साइड-इफेक्ट

प्रदेश १ को राजनीति : एमालेले मुख्यमन्त्री परिवर्तन गर्न लागेपछि आजै प्रदेश प्रमुख फेरिने !

भदौ १०, २०७८
प्रदेश १ को राजनीति : एमालेले मुख्यमन्त्री परिवर्तन गर्न लागेपछि आजै प्रदेश प्रमुख फेरिने !

एमालेले मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरेपछि संघीय सरकारले प्रदेश १ को प्रदेश प्रमुख तत्काल फेर्ने भएको छ ।

प्रदेश १ को विपक्षी गठबन्धनका नेताहरूले प्रदेश प्रमुख फेरिन लागेको दाबी गरेका छन् ।

एमालेबाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी)ले दलको मान्यता पाएपछि सांसदहरूलाई नयाँ पार्टीमा जानबाट रोक्न मुख्यमन्त्री र मन्त्रीहरू फेरबदल गर्ने एमालेको तयारी छ ।

त्यसका लागि अहिले बिहान ११ बजे एमाले संसदीय दलको बैठक बोलाइएको छ ।

बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने अनि भीम आचार्यलाई चयन गर्ने तयारी भएको एमाले नेताहरूले बताएका छन् ।

प्रदेश सभामा बहुमत नगुम्दै आचार्यलाई एकल बहुमतको मुख्यमन्त्रीका रूपमा शपथ गराउने एमालेको तयारी छ ।

यता एकीकृत समाजवादीमा लाग्ने तयारीमा रहेका नेताहरू भने एक दुई दिनभित्रै निर्वाचन आयोग पुगेर नयाँ दलको पक्षमा खुल्ने बताउँछन् ।

​एकीकृत समाजवादीबाट मुख्यमन्त्रीको दाबेदार मानिएका सांसद राजेन्द्र राईले आफ्नो पक्षका सांसदहरू एक/दुई दिनभित्रै निर्वाचन आयोग पुगेर नयाँ दलको पक्षमा खुल्ने बताए ।

'अहिले हामी काठमाडौंमा छौं । एकदुई दिनभित्रै प्रदेशस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्छौं,' राईले लोकान्तरसँग भने ।

एमालेका ८/९ जना सांसद नयाँ पार्टीमा जान सक्ने बताइएको छ । त्यस्तो अवस्थामा एमालेको एकल बहुमत गुम्नेछ ।

त्यसपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनबाट राई मुख्यमन्त्री बन्ने चर्चा छ ।

भावी मुख्यमन्त्रीका रूपमा चर्चा गरिएका राईले पनि प्रदेश प्रमुख तत्काल फेरिन लागेको बताए ।

'प्रदेश प्रमुख सम्भवत: आजै फेरिने छ,' राईले लोकान्तरसँग छ ।

हाल सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्