२० असार २०८३, शनिबार

पहिराले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो

भदौ १०, २०७८
पहिराले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो
फाइल तस्वीर

 म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनेकामा अहिले भरिएर  बग्न थालेको छ  ।

रायखोर र मूलपानीको बिचमा रहेको पाखो खसेर नदी थुनेकाले त्यहाँ तलाउ बनेको थियो । गाउँपालिकाको वडा नं. ६ र ७ को गौँडामुनी भन्ने ठाउँमा बुधबार थुनिएको नदी आज बिहानदेखि भरिएर बग्न थालेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए। 

अहिले यहाँ ५०० मिटरभन्दा लामो ताल बनेको छ । ताल फुटेमा तटीय क्षेत्रमा रहेका बस्तीमा असर पर्ने र पहिरो निरन्तर खसिरहेकाले थप जोखिम हुनसक्ने चिन्ता उनको थियो । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगङ्गा कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको स्थानको वरपर अहिले जलमग्न भएको छ । 

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने वित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ भने। नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन अवस्थामा छ भने नदीको तटीय क्षेत्रमा गलेश्वर बजार पर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्