२२ जेठ २०८३, शुक्रबार

भालुको पित्तसहित १ जना पक्राउ

भदौ १०, २०७८
भालुको पित्तसहित १ जना पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित १ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए ।

उनका अनुसार दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करीब १८ ग्राम भालुको पित्तसहित बुधवार साँझ पक्राउ गरेको छ ।

आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्