०४ असार २०८३, बिहीबार

जनवादी गायक जेबी टुहुरेको निधन

जनवादी गायक जेबी टुहुरेको निधन
प्रतिकात्मक तस्वीर

जेबी टुहुरेको नामले परिचित जनवादी गायक जुठबहादुर खड्गीको बिहीवार निधन भएको छ ।

७८ वर्षको उमेरमा गायक टुहुरेको निधन भएको कलाकार मजोज गजुरेलले फेसबूकमा लेखेका छन् ।

मस्तिष्कघात भएपछि टुहुरेलाई केही दिनअघि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीवार उनको निधन भएको हो ।

२०७० सालमा माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य बनेका टुहुरेका ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ ...’ लगायत दर्जनौं गीत प्रख्यात छन् ।

उनको शवलाई श्रद्धाञ्जलिका लागि बिहीवार दिउँसो १ देखि २ बजेसम्म माओवादी पार्टी कार्यालयमा राखिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्