२८ असार २०८३, आइतबार

पाकिस्तानको आणविक हतियार तालिबानको नियन्त्रणमा पुग्ने डर

भदौ १०, २०७८
पाकिस्तानको आणविक हतियार तालिबानको नियन्त्रणमा पुग्ने डर

अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडनलाई पत्र लेखेर पाकिस्तानको आणविक हतियार तालिबानको हातमा पुग्न सक्ने विषयमा सचेत गराएका छन् ।

तालिबानले पाकिस्तानलाई अस्थिर बनाएर उसको आणविक हतियार हात पार्न सक्ने सांसदहरूको चिन्ता छ । 

अनि बाइडनले अफगानिस्तानको अव्यवस्थाका विषयमा उत्तर दिनुपर्ने पनि उनीहरूले बताएका छन् । 

अमेरिकी सिनेट र तल्लो सदनका ६८ जना सांसदले बुधवार बाइडनलाई पत्र लेखेका हुन् । तालिबानको शासनमा अफगानिस्तान आणविक शक्तिसम्पन्न राष्ट्र बन्ने हो कि भनी उनीहरूले चिन्ता व्यक्त गरेका छन् । 

बाइडन प्रशासनले अमेरिकालाई अघि बढाउनका लागि कस्तो योजना बनाइरहेको छ भनी उनीहरूले प्रश्न सोधेका छन् । अफगान वायुसेनामा तालिबानको नियन्त्रण कायम हुँदा के भन्छ भनेर पनि उनीहरूले सोधेका छन् । अनि तालिबानको हात परेको अमेरिकी हतियार फिर्ता लिने विषयमा के धारणा छ भनेर पनि उनीहरूले सोधेका छन् । 

रिपब्लिकन सांसद केभिन मककार्थीले बाइडनमाथि गम्भीर आरोप लगाउँदै राष्ट्रपतिले अमेरिकाका साथी तथा साझेदारविरुद्ध तालिबानको पक्ष लिएको आरोप लगाए । बाइडन प्रशासनको तालिबान नीतिका कारण अमेरिकाको प्रतिष्ठाको धज्जी उडेको उनले बताए । यस क्षतिबाट बाहिर निस्कन दशकौं लाग्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्