
ललितपुरमा १० किलोग्राम बोधिचित्तसहित १ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले सानेपाबाट १० किलो बोधिचित्तसहित काभ्रेको तिमालका राजेबहादुर तामाङलाई पक्राउ गरेको हो ।
परिसरकी प्रमुख एसएसपी किरण बज्रचार्यका अनुसार उनी बोधिचित्तमा ओसारपसारमा मात्रै संलग्न छन् कि अन्य अपराधमा पनि संलग्न छन् भन्ने अनुसन्धान भइरहेको बताइन् ।