०५ साउन २०८३, मंगलबार

माधव नेपालको उद्घोष : ‘अबको चुनावपछि ५ वर्ष मात्र सक्रिय राजनीति गर्छु’

माधव नेपालको उद्घोष : ‘अबको चुनावपछि ५ वर्ष मात्र सक्रिय राजनीति गर्छु’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब साढे ६ वर्षमात्र सक्रिय राजनीति गर्ने बताएका छन् । 

आफू सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउने उनले बताए ।

नवगठित नेकपा एकीकृत समाजवादीको भावी योजना सार्वजनिक गर्न बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले आजीवन राजनीतिमा रहने योजना नरहेको बताएका हुन् । 

‘आजीवन माधव नेपाल राजनीति गर्दैन, म त सहयोगी भएर युवा पुस्तालाई अगाडि बढाउन चाहन्छु । चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्ने भनेको छु,’ नेपालले भने । 

नेता नेपालले कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय शुरू गरेको बताए ।

‘नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्याय शुरू गर्न गइरहेका छौं । एमालेको दक्षिणपन्थी भासबाट जोगिएर क्रान्तिकारी धार निर्माणको अवस्थामा पुगेका छौं,’ नेपालले भने । 

salt training

कमेन्ट गर्नुहोस्