०४ असार २०८३, बिहीबार

अफगानिस्तानमा शृंखलावद्ध बम विस्फोट : ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु

भदौ ११, २०७८
अफगानिस्तानमा शृंखलावद्ध बम विस्फोट : ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु

तालिबानको कब्जामा आएको अफगानिस्तानको राजधानी काबुल विमानस्थलनजिकै बिहीवार रातिसम्म शृंखलावद्ध बम विस्फोट भएका छन् ।

बम विस्फोटमा परेर ४ अमेरिकी सेनासहित ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहीवार साँझदेखि हालसम्म ३ विस्फोट भइसकेका छन् ।

विस्फोटमा परेर १२० भन्दा बढी व्यक्ति घाइते भएका छन् । तालिबानीको त्रासले अफगानिस्तान छाड्न विमानस्थलमा मानिसको भीड लागेका बेला यस्ता विस्फोट भएका छन् ।

काबुलमा तालिबानी कब्जापछि आतंककारी हमलाको आशंका गरिएको थियो । अमेरिका, बेलायत लगायतले हमला हुनसक्ने चेतावनी दिएका थिए ।

बम हमलाको जिम्मेवारी इस्लामिक स्टेट खारासान प्रान्तले लिएको छ । उसले आत्मघाती हमलावरको तस्वीर समेत सार्वजनिक गरेको छ । जसको नाम अब्दुल रहमान अल लोगहरि बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्