३१ जेठ २०८३, आइतबार

बेलायतबाट नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप प्राप्त

बेलायतबाट नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप प्राप्त

बेलायत सरकारले नेपाललाई १ लाख ३० हजार मात्रा कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोना विरुद्धको खोप हस्तान्तरण गरिन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘बेलायत सरकारको सौजन्यमा १३०,००० मात्रा अस्ट्राजेनेका खोप प्राप्त भएको छ । सहयोगका लागि महामहिम राजदूत निकोला पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

जापानबाट प्राप्त खोप १२ कक्षाका परीक्षार्थीलाई दुवै मात्रा दिइने राज्यमन्त्री श्रेष्ठले जनाएका छन् । 

श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘जापान सरकारबाट अनुदानमा उपलब्ध अष्ट्राजेनेका खोप पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका सबैलाई वितरण गरिसकिएको छ र बाँकी खोप कक्षा १२ का परीक्षार्थीलाई दुवै मात्रा उपलब्ध गराउन पुग्ने देखिएकोले चाँडै परिक्षार्थी लक्षित गरी कोभिड–१९ विरुद्धको खोप देशभर वितरण गर्न लगेका छौं ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्