०६ असार २०८३, शनिबार

मेगा म्युचुअल फण्ड-१ मा माग गरिएभन्दा बढी आवेदन

मेगा म्युचुअल फण्ड-१ मा माग गरिएभन्दा बढी आवेदन

मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ मा माग गरिएभन्दा बढी आवेदन परेको छ । 

यो फण्डको प्रति इकाई मूल्य १० रूपैयाँ दरको १० करोड इकाइ निष्कासन गरिएको थियो । जसमध्ये न्यूनतम एक करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक मेगा बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ । 

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन प्राप्त भएको मेगा क्यापिटलले जनाएको छ । चौथो दिनसम्ममा एक लाख ६३ हजार ६४६ आवेदकहरूबाट करीब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरिदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २.३७ गुणा बढी हो । 

नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबभन्दा धेरै आवेदन यो म्युचुअल फण्डमा परेको हो । 

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाईहरू बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्