०९ साउन २०८३, शनिबार

सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन : महन्थ ठाकुर

सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन : महन्थ ठाकुर

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको बताएका हुन्।

शुक्रवार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालयमा उनले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट परे ।

उनले भने, ‘पार्टी दर्ता नै भर्खर भएको छ । त्यसपछि पनि हामीलाई बोलाउनु हुन्छ, सोध्नु हुन्छ, अनि कुरा राख्छौँ । जाने/नजाने कुरा त मैले भनि सके नि । हाम्रो पार्टी हामी कतिचोटी भेटिसकेका छौँ नि, सामूहिक रुपमा पनि भेटी राखेका छौं । अलग–अलग पनि भेटेका छौ । तर कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन । किनकी हाम्रो पार्टी निर्माण गर्ने, स्थापना गर्ने कुरा चलिरहेको थियो । त्यसैले सरकारसँग यि कुराहरु पनि उठ्ला वा शेरबहादुर जीले सोध्नु हुन्छ भने हामी यो विषयमा कुरा गर्छौ ।’

अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरि नसकेको स्पष्ट जनाए ।

उनले भने, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौं । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला ।’
 

salt training

कमेन्ट गर्नुहोस्