२४ जेठ २०८३, आइतबार

अब बैंकहरुको नाफा घट्छ : भुवन दाहाल

अब बैंकहरुको नाफा घट्छ : भुवन दाहाल
फाइल तस्वीर

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको नाफा निरन्तर घटि रहेकाले सीडी रेसियो कार्यान्वयनको मोडल संसोधन गर्न माग गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बैंकहरुको नाफा शेयर कारोबारका कारण बढेको बताए ।

शेयर कारोबारमा राष्ट्र बैंकले अघि सारेको सिमाका कारण बैंकहरुको नाफा अझै घट्ने बताए । 

उनले सीडी रेसियो कार्यान्वयनका लागि तीन चरण समेत प्रस्ताव गरे । पहिलो चरण पुससम्म ९२ प्रतिशत, दोश्रो चैतमा ९१ प्रतिशत र असारमा ९० प्रतिशत कायम गर्दा हुने व्यवस्था गर्न उनले गभर्नर समक्ष सुझाव दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्