२५ जेठ २०८३, सोमबार

उपेन्द्र यादवले भने-असंवैधानिक कदमका मतियारको उद्धार भयो

उपेन्द्र यादवले भने-असंवैधानिक कदमका मतियारको उद्धार भयो

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्स, सङ्घीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताए । उनले भने, “जसपा विभाजन भएको हैन, पार्टीबाट हटाइनु पर्ने व्यक्तिहरू आफैँ बाहिरिन पुगेका हुन् ।”

यादवले आरक्षण, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी, सामाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालीको सवालमा संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्