१३ असार २०८३, शनिबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री नियुक्तिबारे छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्री नियुक्तिबारे छलफल
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिवार बिहान भेटवार्ता भएको छ ।

भेटमा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रधानमन्त्री नियुक्त भएको लामो समयसम्म पनि देउवाले मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

नेकपा एमाले विभाजन गरेर अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेकाले छिट्टै मन्त्री नियुक्त हुने चर्चा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्