३१ असार २०८३, बुधबार

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्री खाँणको निर्देशन

भदौ १२, २०७८
राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्री खाँणको निर्देशन
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाँणले बर्षात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गरे ।

मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले आग्रह गरे ।

अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाँणले छलफल गर्नाका साथै प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्