२२ जेठ २०८३, शुक्रबार

दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय भाेलिबाट सञ्चालनमा आउने

दुई सातादेखि बन्द रहेको सुर्खेतको मालपोत कार्यालय भाेलिबाट सञ्चालनमा आउने
फाइल तस्वीर।

कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ । 

यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । 

निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए । 

कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो । 

मालपोत कार्यालयले आइतवार–सोमवार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका, मंगलवार–बुधवार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीवार-शुक्रवार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ । 

गुर्भाकोट र भेरीगंगा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्