२७ जेठ २०८३, बुधबार

कोरोना अपडेट : थपिए १८५७ नयाँ संक्रमित, २७ जनाको मृत्यु

कोरोना अपडेट : थपिए १८५७ नयाँ संक्रमित, २७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १७६ नमूना परीक्षणमध्ये एक हजार ५१६ पीसीआर र ३४१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ४० हजार ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ६९० पुगेको छ । 

मन्त्रालयका अनुसार थप २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख १० हजार ५४२ पुगेको छ । 

हाल मुलुकभर ३६ हजार ८६६ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्