१७ असार २०८३, बुधबार

थप ८ नेपाली काबुलबाट प्रस्थान, ३४ जनाको अवस्था के छ ?

थप ८ नेपाली काबुलबाट प्रस्थान,  ३४ जनाको अवस्था के छ ?

सरकारले अफगानिस्तानबाट नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको जनाएको छ ।  परराष्ट्र मन्त्रालयले उद्दार हुने क्रममा थप ८ जना नेपाली नागरिकहरू काबुलबाट प्रस्थान गरेको र उद्दार उडानको पर्खाईमा अरु ३४ जना नेपाली नागरिकहरुलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाँउमा स्थानान्तरण गरिएको  मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।  उनीहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि जनाइएको छ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरु आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पनि मन्त्रालयले पुनः अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्