१० साउन २०८३, आइतबार

ओलीले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपर्योः काँग्रेस प्रवक्ता

ओलीले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपर्योः काँग्रेस प्रवक्ता

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गरेका हुन् ।

उनले यस केपी ओली नेतृत्वको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपरेको बताए ।
 “कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो”, उनले भने ।  

salt training

कमेन्ट गर्नुहोस्