०५ साउन २०८३, मंगलबार

आइतबारको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबारको मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आइतबार पनि नेपालमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ। यस्तै मनसुनको न्युन चापीय रेखा समेत तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण आइतबार बिहान  देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

यस्तै आइतबार दिउँसो देशको अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  उसो त प्रदेश १,  गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित भारी सम्भावना रहेको छ।

राति पनि देशभर बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै प्रदेश १, बागमती, कर्णाली  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्