०१ असार २०८३, सोमबार

ओली-नेपाल एकअर्कालाई आरोप-प्रत्यारोप गर्दै

भदौ १३, २०७८
ओली-नेपाल एकअर्कालाई आरोप-प्रत्यारोप गर्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललगायतका केही नेता कार्यकर्ता पार्टीबाट अलग हुँदैमा एमालेलाई केही फरक नपर्ने बताइरहँदा नवगठित एकीकृत समाजवादी अध्यक्ष नेपाल भने ओलीलाई लोकतन्त्रविरोधी र प्रतिगमनको मतियार भन्न छाडेका छैनन् । उनीहरुका गतिविधि हेर्दा आरोप प्रत्यारोपको श्रृंखला लामै समयसम्म चल्ने देखिन्छ ।

नेकपा समाजवादीका अध्यक्ष नेपालले शनिबार नै पेशागत महासंघ वागमती प्रदेश कमिटीद्धारा आयोजित ललितपुर जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका थिए उता, एमाले अध्यक्ष ओली पनि ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला संघको घोषणा कार्यक्रममा सहभागी भए ।

घोषणा कार्यक्रममा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपालले अर्को पार्टी गठन गर्दैमा एमाले पार्टीको जीवनमा केही फरक नपर्ने बताए । राजधानी दैनिकमा विस्तृतमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्