२० असार २०८३, शनिबार

देश छोडेर जान चाहनेलाई तालिबानले गर्‍यो यस्तो आह्वान

भदौ १३, २०७८
देश छोडेर जान चाहनेलाई तालिबानले गर्‍यो यस्तो आह्वान

अफगानिस्तानमा तालिबानको राज चल्न थालेपछि मानिसहरू देश छोड्न खोजिरहेका छन् । 

त्यस्ता मानिसका लागि तालिबानले बयान जारी गरेको छ । बाहिर जान चाहनेहरूले कमर्सियल उडान पुनः शुरू हुने प्रतीक्षा गर्नुपर्ने र उचित दस्तावेजका साथ सम्मानजनक तरिकाले विदेश यात्रा गर्न सक्ने तालिबानको भनाइ छ । 

तालिबानले अफगान नागरिकहरूलाई देशबाट भाग्नुको साटो मुलुककै प्रगतिका लागि काम गर्न आह्वान पनि गरेको छ । 

तालिबानको राजनीतिक कार्यालयका उपनिर्देशक शेर मोहम्मद अब्बास स्टानिकजाईले कमर्सियल उडानको प्रतीक्षा गर्न अफगानहरूलाई आह्वान गरेका हुन् । 

हजारौं अफगान नागरिक काबुल विमानस्थलमा भेला भएका छन् र देश छोड्न खोज्दैछन् । यस प्रयासमा कैयौंले ज्यान गुमाइसकेका छन् । 

बिहीवार भएको आत्मघाती आक्रमणमा लगभग १०० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिए । 

यस्तै आक्रमण फेरि हुन सक्ने भन्दै अमेरिकाले सैनिक र नागरिकहरूलाई विमानस्थलबाट टाढा बस्न भनेको छ । 

तालिबानले अफगानहरूलाई देशको प्रगतिका लागि काम गर्न र मुलुक छोडेर नजान भनेको छ । शत्रुहरूले तालिबानका विरुद्ध गरिरहेको नकारात्मक प्रचारको जवाफ इमामहरूले दिनुपर्ने पनि उसको कथन छ ।
 

salt training

कमेन्ट गर्नुहोस्