१३ असार २०८३, शनिबार

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक पहिरोका कारण पुनः अवरुद्ध

हेटौंडा–काठमाडौं छोटो दूरीको सडक पहिरोका कारण पुनः अवरुद्ध
सांकेतिक तस्वीर

निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनः अवरुद्ध भएको छ ।

ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । अहिले पनि पहिरो हटाउने क्रम जारी छ ।

प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो ।

यसअघि शुक्रवार र शनिवार पनि भीमफेदी गाउँपालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सञ्चालन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्