२२ असार २०८३, सोमबार

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । 

जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो । 

यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीको शेयर मूल्यमा ३९ रुपैयाँ ३० पैसा वृद्धि भएको हो ।  

यस दिन नेप्से परिसूचक ४९.१८ अंकले घट्दै ३ हजार ४४.८६ विन्दुमा झरेको छ ।

  

salt training

कमेन्ट गर्नुहोस्