३० असार २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकले दियो १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री

असार २०, २०८३
काठमाडौं
मुक्तिनाथ विकास बैंकले दियो १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री

मुक्तिनाथ विकास बैंकले विभिन्न प्रदेशका सरकारी विद्यालयका विद्यार्थीलाई पोसाक, स्कूल ब्याग, स्टेशनरी सामग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामग्री/उपकरण तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार सरकारी विद्यालयलाई प्राथमिकतामा राख्दै बैंकले मोरङको विराटनगरमा ७८ विद्यार्थीलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दिबासका १२८ जनालाई स्टेशनरी सामग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामग्री, डडेलधुराको खिन्नेभाडीमा १५० विद्यार्थीलाई स्टेशनरी सामग्री, रूपन्देहीको बुटवलमा २१ वटा स्कूल ब्याग,उदयपुरको बागचौरीमा ५० जनालाई स्कूल ब्याग, झापाको कचनकवलमा २०० लाई स्कूल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कूल ब्याग, सर्लाहीको राजघाटमा २००  विद्यार्थीलाई स्कूल ब्याग र कञ्चनपुरको तिलकपुरमा ११० बालबालिकालाई स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण गरिएको हो । 

null

यसै क्रममा बैंकले सामाजिक संस्था 'अस्तित्व नेपाल'सँगको सहकार्यमा आगोबाट प्रभावित (Burn Survivor) तथा कमजोर आर्थिक अवस्थाका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत सहयोग गरेको छ।

साथै बैंकले वीरेन्द्रनगर-८ , सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरामा १ थान डिजिटल स्मार्ट बोर्ड, देवदह–१०, चरङ्गे, रूपन्देहीमा ४ थान सिलिङ पङ्खा र  बर्दिवास–३ महोत्तरी स्थित राष्ट्रिय आधारभूत विद्यालय एवं बुटवल–७, रूपन्देही स्थित सिद्धेश्वरलाल कुमारी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

यस सहयोगले आर्थिक रूपमा कमजोर तथा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बैंकले विश्वास लिएको छ।

विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज र उत्साहजनक बनाउन गरिएको उक्त सहयोगले स्थानीय विद्यालय तथा अभिभावकहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकको छ ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्