३० जेठ २०८३, शनिबार

चुनाव सारिए देउवाले असक्षमताको अर्को तक्मा पाउछनः एमाले

कात्तिक २०, २०७४
चुनाव सारिए देउवाले असक्षमताको अर्को तक्मा पाउछनः एमाले
काठमाडौं ३१ जेठ - नेकपा एमालेले असार १४ का लागि तोकिएको स्थानीय तहको चुनाव समयमै हुनुपर्ने बताएको छ । एमाले स्थायी समितिको बुधवार बसेको बैठकले सत्तारुढ दलले चुनाव सार्ने चलखेल गरेको भन्दै आपत्ति जनाएको हो ।

‘सबै राजनीतिक दलहरुसँग संवाद गरी परिस्थिति सहज बनाउँदै असार १४ गते तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट बिचलित हुँदै सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिका बारेमा भ्रमपूर्ण वक्तव्यहरु सार्वजनिक गर्ने, निर्वाचनका बारेमा अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढावा दिने सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ’ एमालेका विज्ञप्तिमा उल्लेख छ ।

बैठकपछि पत्रकारहरुसँग कुरागर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनाव सारिए प्रधानमन्त्री शेरबहादुर देउवामाथि असक्षमताको तक्मा लाग्ने प्रतिक्रिया दिए । ‘चुनाव तलमाथि भयो भने, इतिहासवाट असक्षमताको पश्न उहाँमाथि लाग्दै आएको छ, फेरि असक्षमताको तक्मा उहाँले पाउनु हुन्छ’ भट्टराइले भने ।

salt training

कमेन्ट गर्नुहोस्