
पछिल्लो २४ घन्टामा एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २९७ नमूना परीक्षणमध्ये एक हजार २१४ पीसीआर र १७४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ४२ हजार १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ७१४ पुगेको छ ।
मन्त्रालयका अनुसार थप २ हजार २६० जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ ।
हाल मुलुकभर ३५ हजार ७९६ सक्रिय संक्रमित छन् ।