२२ असार २०८३, सोमबार

चुनाव स्थगित गर्नुपर्ने राजपाको अडान, एमाले बैठकबाट बाहिरियो

कात्तिक २०, २०७४
चुनाव स्थगित गर्नुपर्ने राजपाको अडान, एमाले बैठकबाट बाहिरियो
काठमाडौं ३१ जेठ  - निर्वाचनमा सहमति जुटाउन राष्ट्रिय जनता पार्टी सहित बसेको प्रमुख दलको बैठक विना कुनै निश्कर्ष सकिएको छ । संसद सचिवालय स्थित सभामुखको कार्यकक्ष सिंहदरवारमा बुधवार साझ बसेको बैठकमा राजपाले चुनाव स्थगित गर्नुपर्ने अडानमा कायमै राखेपछि दलहरुबीच सहमति जुटन नसकेको हो ।

राजपाले चुनाव सार्न गरेको प्रस्ताव आफूहरुले अस्वीकार गरेपछि बैठक विना निश्कर्ष सकिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उनले असार १४ मा चुनाव सम्पन्न गरेपछि संविधान संशोधन गर्न सकिने बताए । एमाले बैठकबाट बाहिरिएपछि पनि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरु छलफल गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु सहभागि थिए । राजपाको तर्फवाट महन्थ ठाकुर, महिन्द्र राय यादव, शरतसिंह भण्डारी लगायतका नेताहरु सहभागि थिए ।

salt training

कमेन्ट गर्नुहोस्