०१ असार २०८३, सोमबार

देशभरका १४ वटा सडक अवरुद्ध

भदौ १४, २०७८
देशभरका १४ वटा सडक अवरुद्ध

केही  दिनयताको  लगातार  वर्षासँगै आएको बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा प्रयास भइरहेको जानकारी दिए ।

महानिर्देशक  थापाले  के  कति  कारणले  अवरुद्ध  भएको हो, सोको आधारमा सडक सञ्चालनमा ल्याउने समय लाग्ने गरेको जानकारी दिए ।  सामान्य पहिरो गई अवरुद्ध भएका सडक छिट्टै सञ्चालनमा ल्याउने काम  भइरहेको  छ  । 

सडक  विभागले  मुलुकभरका  लोडर, एस्काभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विपमेन्टमार्फत राजमार्ग र सडकको अवरोध हटाउने काम गरिरहेको महानिर्देशक थापाले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्