०८ साउन २०८३, शुक्रबार

माधव नेपाललाई साथ नदिन जनप्रतिनिधिलाई एमालेको निर्देशन

माधव नेपाललाई साथ नदिन जनप्रतिनिधिलाई एमालेको निर्देशन

नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर पार्टी विभाजनको गतिविधिमा साथ नदिन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

एमालेको भदौ ८ को स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी दिन अन्तरपार्टी निर्देशन–१२ जारी गरिएको हो । 

‘पार्टी विभाजनको दूराशयबाट साथ हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको छ । अध्यादेशको उक्त प्रावधान संविधानको अक्षर र भावनाविपरीत रहेको निष्कर्षसहित बैठकले उक्त व्यवस्थाको कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ,’ अपानि–१२ मा भनिएको छ ।

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले २१ दिन भित्रमा दल रोज्न पाउने व्यवस्था भए पनि त्यसबाट प्रभावित नहुन एमालेले जनप्रतिनिधिहरूलाई निर्देशित गरेको छ । 

‘२१ दिनसम्म प्रदेश सभा सदस्यहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिधिहरूलाई बैठकले निर्देशित गरेको छ,’ अपानि–१२ मा उल्लेख गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्