०९ साउन २०८३, शनिबार

अफगानिस्तानमै छन् तालिबानका सर्वोच्च नेता अखुन्दजादा, छिट्टै सार्वजनिक हुने

भदौ १४, २०७८
अफगानिस्तानमै छन् तालिबानका सर्वोच्च नेता अखुन्दजादा, छिट्टै सार्वजनिक हुने

तालिबानका सर्वोच्च नेता हिब्तुल्ला अखुन्दजादा कन्दहारमा भएको र छिट्टै सार्वजनिक हुने बताइएको छ । 

कन्दहारका मुल्ला अखुन्दजादा सन् २०१६ मा अफगान तालिबानका प्रमुख बनेका थिए । 

उनले नै तालिबानको दिशा परिवर्तन गरेर अहिलेको स्थितिमा ल्याइपुर्‍याएको बताइन्छ । 

सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत सेनाको विरोध गर्ने इस्लामी नेतामा अखुन्दजादा पनि थिए । तर उनको छवि सैन्य कमान्डर भन्दा पनि धार्मिक नेताको छ । 

यसैबीच तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनको विषयमा वार्ता चलिरहेको र छिट्टै घोषणा गरिने बताएका छन् । 

यस्तो अवस्थामा मुल्ला अखुन्दजादाले सार्वजनिक भएपछि के भन्ने हुन् भनी धेरैको चासो छ । 

salt training

कमेन्ट गर्नुहोस्