×

NMB BANK
NIC ASIA

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ५ वटा दरबन्दी थप गर्ने तयारी गरेको छ । प्राविधिकबाहेक प्रहरीमा ५ जना एआईजीको दरबन्दी छ, त्यसलाई बढाएर १० बनाउन लागिएको हो ।

Muktinath Bank

गृहमन्त्रालय स्रोतका अनुसार संगठन तथा व्यवस्था (ओएन्डएम) समितिको प्रस्तावमा ७ वटा प्रदेशमा एआईजी प्रमुख राख्ने योजनाअनुसार दरबन्दी थप गर्न लागिएको स्रोतले बतायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देश संघीयतामा गएपछि प्रमुखमा कटसी मेन्टेन गर्न पनि समस्या थियो, यसपछि यो समस्या समाधान हुने विश्वास गरेका छौं,’ गृहका एक उच्च अधिकारीले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

अहिले ओएन्डएम समितिले तयार पारेको प्रतिवेदनका  आधारमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । सम्भवतः अब बस्ने बैठकले दरबन्दी थपको निर्णय लिने स्रोतको दाबी छ ।

Vianet communication

यसभन्दा अगाडि असार २७ गते ओली सरकारले दरबन्दी थप गरेर सहकुल थापालाई एआईजी बनाएको थियो । 

अहिले एआईजीहरू हरिबहादुर पाल, विश्वराज पोखरेल, निरज शाही, प्रद्युम्न कार्की र सहकुलबहादुर थापा छन् । 

पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी, कार्की नेपाल प्रहरी एकेडेमी, पोखरेल अपराध अनुसन्धान तथा कार्य विभाग, शाही प्रहरी प्रधान कार्यालय र सहकुल थापा कार्यभारविहीन छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि ओली सरकारले गरेको एआईजीहरूको सरुवा समेत रोकिएको छ । 

नयाँ दरबन्दी थप गरेर एआईजीहरूको सरुवा फेरि गर्ने तयारी गृहमन्त्रालयले गरेको स्रोतले लोकान्तरलाई बतायो ।

ओली सरकारभन्दा अगाडि प्राविधिकबाहेक १६ जना एआईजी थिए । ओली सरकार आएपछि भारी कटौती गरेर ३ जना मात्र एआईजी बनाइएको थियो ।

यसभन्दा अगाडि प्रदेश प्रहरी प्रमुख डीआईजी हुँदा सरकारी काममा अप्ठ्यारो परेको गुनासो आउने गरेको थियो ।

निजामतीतर्फ विशिष्ट श्रेणीको अधिकृत हुने तर प्रहरीमा प्रथम श्रेणीको अधिकृत प्रमुख हुँदा शिष्टाचार मर्यादा (कटसी मेन्टेन) नहुँदा समस्या थियो ।

अब एआईजी प्रमुख हुने भएपछि त्यो समस्या समाधान हुने भएको प्रहरी उच्च अधिकृतहरू बताउँछन् । 

एआईजीको प्रतिस्पर्धामा को–को ?

दरबन्दी थप हुने भएपछि एआईजीका लागि विश्व पोखरेलका ब्याची र आईजीपी शैलेश थापा क्षेत्रीका ब्याचीहरू प्रतिस्पर्धामा छन् । 

डीआईजीहरू धीरजप्रताप सिंह, उत्तम सुवेदी, रवीन्द्र धानुक, अरुण बिसी, दिवेश लोहनी, वसन्तकुमार लामा मुख्य प्रतिस्पर्धी छन्, उनीहरू विश्वराज पोखरेलका ब्याची हुन् ।

आईजीपी शैलेश थापा क्षेत्रीका ब्याचीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, वसन्त पन्त, गणेश ऐर, राजेशलाल कर्ण, रामकृपाल साह, प्रकाशजंग कार्की र सौरभ राणा पनि एआआईजीका लागि आकांक्षी छन् । 

तर प्रतिस्पर्धामा आईजीपीका ब्याचीभन्दा विश्वराज पोखरेलका ब्याचीहरू अगाडि देखिएका छन् । धिरजप्रताप सिंह, उत्तम सुवेदी, रवीन्द्र धानुक र वसन्तकुमार लामा एआईजी बन्ने लगभग निश्चित जस्तै रहेको स्रोतको दाबी छ ।

आईजीपीका ब्याची गणेश ऐर पनि एआईजी बन्न सक्ने चर्चा छ । उनी प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेको स्रोतको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x