३२ असार २०८३, बिहीबार

मेलम्चीको पाइप बिच्छ्याउँदा खाल्डोमा पुरिएर तीनको मृत्यु

कात्तिक २०, २०७४
मेलम्चीको पाइप बिच्छ्याउँदा खाल्डोमा पुरिएर तीनको मृत्यु


काठमाडौँ, ३१ जेठ - उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउने क्रममा तीन जनाको खाल्डोमा पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

बिहान दुई बजे काठमाडौँ महानगरपालिका वडा नं १५ स्थित सीतापाइला चोकमा जिआई पाइप बिच्छ्याउन खनिएको तीन मिटर गहिरो खाल्डोमा पाइप राखेर माटो सम्याउन छिर्दा हिलो माटोको ढिस्को खसेर सप्तरी जिल्ला साविकको काचन गाविस–३ का १९ वर्षीय सन्तोष दास, सोही जिल्ला बनौला गाविस–२ का १९ वर्षीय श्यामसुन्दर राम र पर्वत जिल्ला नाङ्लीवाङ गाविस–८ का ४७ वर्षीय तेजप्रसाद केसीको निधन भएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

दुर्घटनापछि दुईवटा डोजरले मृतकको शव झिकी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको उनले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्