२२ जेठ २०८३, शुक्रबार

अमेरिकाको ड्रोन आक्रमणमा परी १० जना सर्वसाधारण अफगानीको मृत्यु

भदौ १४, २०७८
अमेरिकाको ड्रोन आक्रमणमा परी १० जना सर्वसाधारण अफगानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुल नजिक विस्फोटक पदार्थ भरिएको कारमा अमेरिकाले ड्रोन आक्रमण गर्दा १० जना सर्वसाधारण मारिएको स्थानीय सञ्चारमाध्यमले पीडित परिवारलाई उद्धृत गर्दै खबर दिएका छन् । 

मारिनेमा कम्तीमा तीन बालबालिका रहेको प्रत्यक्षदर्शीले अलजजीरालाई बताए । 

अमेरिकाको सेन्ट्रल कमान्डले ड्रोन आक्रमणका कारण सर्वसाधारण हताहत भएको खबर आफूले पाएको जनाएको छ । उक्त ड्रोनले कैयौं आत्मघाती आक्रमणकारीलाई प्रहार गरेको उसको भनाइ छ । 

यसको अनुसन्धान थालेको पनि सेन्ट्रल कमान्डले जानकारी दिएको छ । 

गत बिहीवार काबुल विमानस्थलमा इस्लामिक स्टेट खोरासान प्रोभिन्सका एक सदस्यले आत्मघाती आक्रमण गरी १३ अमेरिकी सैनिक सहित १७५ जनाको हत्या गरेपछि अमेरिकाले गरेको यो दोस्रो जवाफी कारवाही हो । 
 

salt training

कमेन्ट गर्नुहोस्