२४ जेठ २०८३, आइतबार

मन्त्रालय भागबण्डा टुंगिएन, साँझ फेरि गठबन्धनको बैठक बस्ने

मन्त्रालय भागबण्डा टुंगिएन, साँझ फेरि गठबन्धनको बैठक बस्ने

सरकार विस्तारको लागी मन्त्रालयको भागबण्डा गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी टुंगिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आज मन्त्रालयको भागबण्डा टुंगो लगाउने र भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने गठबन्धनको तयारी थियो ।

असार २९ मा प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका प्रधानमन्त्री देउवाले डेढ महिना बित्दासमेत पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । 

आज विहान बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा पूर्ण रूपमा नमिलेकोले पुनः बस्नेगरी नेताहरू उठेको बालुवाटार स्रोतले बतायो ।

‘भ्याएसम्म आजै साँझ र नभए भोली विहान फेरि बस्ने सहमती गरेर गठबन्धनको बैठक सकिएको छ’, बालुवाटार स्रोतले भन्यो । 

हिजो बसेको गठबन्धनको बैठकले आज मन्त्रालय भागबण्डा टुंगो लगाउने सहमती गरेको थियो ।

गठबन्धनमा रहेका दलहरूलाई कतिवटा मन्त्रालय दिने टुंगो लागिसकेको भए पनि कुन–कुन मन्त्रालय पाउने टुंगो लाग्न सकेको छैन ।  
 

salt training

कमेन्ट गर्नुहोस्