०४ असार २०८३, बिहीबार

तातोपानीका सुन तस्कर केरुङतर्फ

कात्तिक २०, २०७४
तातोपानीका सुन तस्कर केरुङतर्फ
काठमाडौं, १५ पुस– नेपाल र चीनबीचको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका बन्द भएपछि रसुवागढी–केरुङ नाकाबाट सुन तस्करी बढेको छ, आजको कारोबार दैनिकले खबर छापेको छ ।
नेपाल प्रहरीले एक साताको अवधिमा चीनको केरुङ हुँदै रसुवागढीबाट तस्करीबाट भित्रिएको १२ किलो सुन बरामद गरेको छ ।gold
रसुवाको टिमुरेबाट पाँच केजी सुनसहित गत साता एक जना पक्राउ परेकामा त्यसको एक साता बित्न नपाउँदै महानगरीय अपराध महाशाखाले कलंकीबाट सात किलो सुन बरामद गरेको हो । बिहिबार बरामद भएको सुनको बजारमूल्य करीब चार करोड रुपयाँ पर्छ । महाशाखाले लिस्ती–१ सिन्धुपाल्चोकका कुन्साई लामालाई सात केजी अवैध सुनसहित कलंकीबाट पक्राउ गरेको हो । केरुङ नाकाबाट धादिङको गल्छी हुँदै काठमाडौं आउँदै गरेका लामा चालक हुन् । विनाशकारी भूकम्पपछि तातोपानी नाकाबन्द भएपछि सुन तस्करीको रुट बदलिएर केरुङ सरेको प्रहरी भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्