०४ असार २०८३, बिहीबार

नबिल ब्यालेन्सड् फण्ड-३ ले भाद्र २५ देखि ८ करोड ५० लाख इकाई बिक्री खुल्ला गर्ने

नबिल ब्यालेन्सड् फण्ड-३ ले भाद्र २५ देखि  ८ करोड ५० लाख इकाई बिक्री खुल्ला गर्ने

नबिल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नबिल ब्यालेन्सड् फण्ड ३ ले  ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याउने भएको छ।

कम्पनीले  रु.१० अंकित दरको रु.८५ करोड बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा ल्याउन लागेको हो ।

निष्काशन मिति २०७८ भाद्र २५ देखि खुल्ला भई छिटोमा भाद्र २९ गते बैंकिङ्ग समयसम्म रहने छ। रितपूर्व आवेदन नआए निष्काशन मिति २०७८ असोज ८ गते सम्म खुल्ला रहने छ। 

फण्डको प्रति इकाई मुल्य रु.१० दरको १० करोड इकाई मध्ये बिज पूंजी वापत न्युनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५% इकाई मध्ये कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडको लागि १४% वा न्युनतम १ करोड ४० लाख इकाई तथा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई १% वा न्युनतम १० लाख इकाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीमा आउन लागेको हो।

इच्छुक लगानीकर्ताहरुले न्युनतम १०० इकाई देखि अधिकतम १,००,००,००० इकाईसम्म आवेदन दिन सक्नेछन् ।

फण्डको आइपिओमा नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।

salt training

कमेन्ट गर्नुहोस्