२४ जेठ २०८३, आइतबार

कोभिड-१९ : थप १६६४ जनामा संक्रमण, २० जनाको मृत्यु

कोभिड-१९ : थप १६६४ जनामा संक्रमण, २० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ नमूना परीक्षणमध्ये एक हजार ५२३ पीसीआर र १४१ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ४६ हजार १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ७५० पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ । 

हाल मुलुकभर ३५ हजार ५९१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्