२२ जेठ २०८३, शुक्रबार

गणतन्त्र कोरिया सरकारबाट नेपाललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

भदौ १५, २०७८
गणतन्त्र कोरिया सरकारबाट नेपाललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
प्रतिकात्मक तस्वीर

गणतन्त्र कोरिया सरकारले नेपाल सरकारलाई ९४ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाललाई प्राप्त हुने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलवार अपराह्न आयोजित एक संक्षिप्त कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ती उपकरण हस्तान्तरण गरे ।

आगामी १ महिनाभित्रमा बाँकी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिने कोरियाली राजदूतावासले बताएको छ ।

कोभिडको महामारी विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन सहायतास्वरूप उपलब्ध गराइने ३७८ अक्सिजन कन्सन्ट्रेटरमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त, नेपाल–कोरिया मैत्री अस्पताल, त्रिशूली अस्पताल, काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल, टीकापुर र मुगु अस्पतालका निम्ति पनि ती उपकरण प्रदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

मंगलवारै कोरियामा उच्च शिक्षा हासिल गरेका नेपालीको संगठन ‘कोइका कानले’ काभ्रेपलाञ्चोकस्थित मेथिनकोट अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्