१० असार २०८३, बुधबार

बर्दघाटका इन्सपेक्टरको मृत्यु प्रकरण–यस्तो छ छानबिन समितिको निष्कर्ष

बर्दघाटका इन्सपेक्टरको मृत्यु प्रकरण–यस्तो छ छानबिन समितिको निष्कर्ष

इलाका प्रहरी कार्यालय, बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु प्रकरण छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्‍चिम) बर्दघाट नगरपालिका वडा ४ स्थित इलाका प्रहरी कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिएर तनहुँ म्याग्दे गाउँपालिका घर भएका वाग्लेको मृत्यु भएको थियो ।

मन्त्रालयका सहसचिव सुनील खनालको संयोजकत्वमा गठित तीन सदस्यीय छानविन समितिले मोटरसाइकल चालक दिपेन्द्र पुन र मृतक कपिल वाग्लेको असावधानीका कारण घटना भएको निष्कर्ष निकालेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्