×

NMB BANK
NIC ASIA

सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध मुद्दा लिएर एमाले आज सर्वोच्च अदालत जाँदै

भदौ १६, २०७८

NTC
Premier Steels

नेकपा एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

Muktinath Bank

एमालेले कारवाही गरेको १४ सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएको भन्दै एमालेको केन्द्रीय कमिटी बैठकले कानूनी उपचार खोज्ने निर्णय गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सभामुख र निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न लागेका हौँ । सबै तयारी पूरा भएको छ । केहीबेरमा अदालत जान्छौँ,’ नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले भने ।


Advertisment
Nabil box
Kumari

भदौ १ मा एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको सूचना संसद् सचिवालय र त्यसको बोधार्थ निर्वाचन आयोगमा पठाएको थियो ।

Vianet communication

अन्य पार्टीको सांसदलाई कारवाही गर्दा सभामुख अग्निप्रसाद सापकोटाले तत्काल सूचना जारी गरेको कारवाहीको कानूनी प्रक्रिया पूरा गरिदिएको तर, एमालेले कारवाही गर्दा पार्टी फुटाउन योगदान पुग्ने गरी माधव नेपाल पक्षलाई सहयोग गरेको एमालेले आरोप लगाउँदै आएको छ । 

एमालेले भदौ १ मा कारवाहीको सूचना दिएको थियो । एमालेले कारवाही भएको केही दिनमै सभामुख सापकोटाले कारवाहीको सूचना टाँस गरिदिएको भए एमालेको १४ जना सांसदको पद जाने थियो । 

सभामुखले कारवाहीको सूचना अध्ययन गरिरहेको बताएर ‘होल्ड’ गरिदिँदा माधव नेपाल पक्षले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न पाएको थियो । यद्यपि सम्बन्धित दलले सांसदलाई कारवाही गरेर दिएको सूचना सभामुखले १५ दिनसम्म विचाराधीन अवस्थामा राख्न सक्ने कानूनी प्रावधान छ । 

एमालेले भने कुनै दलले गरेको कारवाहीमा तत्काल सूचना प्रकाशन गर्ने र कुनै दलको सूचनालाई नियतवश ‘होल्ड’ गर्ने सभामुखको काम निष्पक्ष नभएको आरोप लगाउँदै आएको छ । 

यसअघि माओवादी केन्द्रले चार जना सांसदलाई कारवाही गर्दा सभामुख सापकोटाले केही दिनमै सदनलाई जानकारी गराएका थिए । सभामुखले त्यस्तो सूचना सदनलाई जानकारी गराएपछि सांसदको पद खारेज हुन्छ । 

संसद् चालू नभएको अवस्थामा त्यस्तो सूचना संसद् सचिवालयको सूचना पाटीमा टाँस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

निर्वाचन आयोगले पनि कारवाहीको जानकारी गराउँदा–गराउँदै नयाँ दल दर्ता गर्न सांसदको सनाखत गराएको भनेर एमालेले सार्वजनिक रूपमा आलोचना गर्दै आएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x