
काठमाडौँ, १५ पुस - सरकारले भूकम्पपीडितलाई अनुदान स्वरुप राहत रकम बढाएर तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि २ लाख दिने निर्णय भएकोमा मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले १ लाख थप गरेर ३ लाख राहत दिने निर्णय गरेको आजको राजधानी दैनिकमा खबर छ |
सरकारले भूकम्पपीडितका लागि पहिलो चरणको अनुदान रकम अन्तर्गत ५० हजार रुपैयाँको वितरण कार्य अन्तिम चरणमा पु-याएको छ । भूकम्पपीडितले भने राहत तथा अनुदानमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
यसैगरी, सरकारले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई स्पष्टीकरणसमेत सोधेको छ । १२ वैशाख २०७३ को महाभूकम्पपछि नवनिर्माण तथा पुनर्निर्माणका साथै भूकम्पपीडितलाई राहत तथा अनुदान वितरणमा ढिलासुस्ती गरेकोप्रति असन्तुष्टि जनाउँदै प्राधिकरणका सिईओ ज्ञवालीलाई स्पष्टिकरण सोधिएको हो ।