२४ असार २०८३, बुधबार

पलायन हुन थाले होटल व्यवसायी, संरक्षण गर्न अर्थमन्त्रीलाई होटल संघको ध्यानाकर्षण

पलायन हुन थाले होटल व्यवसायी, संरक्षण गर्न अर्थमन्त्रीलाई होटल संघको ध्यानाकर्षण

होटल संघ नेपालका अध्यक्ष सृजना राणा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।

बुधवार भएको भेटवार्तामा अध्यक्ष राणाले कोरोना महामारीका कारण होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव दिएकी छन् ।

अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताइन् । 

उनले होटल उद्योगमा खर्बौंको लगानी रही बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वर्द्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको हुँदा आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषयहरु साथै मौद्रिक नीतिले सम्बोधन गरेका तपसिल बमोजिमका विषयहरु यथाशिघ्र कार्यान्वयनका लागि आग्रह गरिन् ।

साथै पर्यटन पुनरुत्थानको लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने पनि अध्यक्ष राणाले बताइन् ।

उक्त अवसरमा अर्थमन्त्री शर्माले कोभिड १९ बाट पर्यटन तथा होटल उद्योग अति प्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसुस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

भेटघाट कार्यक्रममा होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, कार्यसमिति सदस्य राजन श्रेष्ठ तथा प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतको पनि उपस्थिति रहेको थियो ।

  

salt training

कमेन्ट गर्नुहोस्